Section 44
खारेजी र बचाउ
: (१) कर्णाली अञ्चल अस्पताल विकास समिति (गठन) आदेश, २०६८ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिमको विकास समितिमा कार्यरत शिक्षक तथा कर्मचारी प्रतिष्ठानको समान स्तर र तहको पदमा सरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको आदेश बमोजिम भए गरेका सबै काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(४) उपदफा (१) बमोजिमको आदेश बमोजिमको विकास समितिको नाममा रहेको चल, अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण, धन लगायत सम्पूर्ण अधिकार तथा दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ ।
(५) यस ऐन बमोजिम अस्पताल व्यवस्थापन समिति गठन नभएसम्मको लागि उपदफा (१) बमोजिमको आदेश बमोजिम गठित समितिले यो अस्पताल व्यवस्थापन समितिको काम गर्नेछ ।